Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आजदेखि शुरु

कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आजदेखि शुरु

  • मंगलवार, पौष ३ २०८०

  • 360
    SHARES

  • कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आजदेखि शुरु

    काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आजदेखि शुरु हुँदैछ।

    कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो।

    सम्मेलनमा केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने सभापति शर्माले बताउनुभयो । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने बताइएको छ।

    सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित ५ सय प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो ।


    मंगलवार, पौष ३ २०८००७:५३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij