Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा २७.७५ अंकको वृद्धि, ५ अर्ब १५ करोडको कारोबार

सेयर बजारमा २७.७५ अंकको वृद्धि, ५ अर्ब १५ करोडको कारोबार

  • आइतवार, पौष १ २०८०

  • 839
    SHARES

  • सेयर बजारमा २७.७५ अंकको वृद्धि, ५ अर्ब १५ करोडको कारोबार
    काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार(आज) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  दिनभर उतारचढावका बीच नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स १.२४ प्रतिशतले बढ्यो । प्री ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंकले घटेको  थियो ।
     
    नेप्से परिसूचक दोहोरो अंकले बढ्दा एक दर्जन बढी कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,रिडी पावर कम्पनी,शिभ श्री हाइड्रोपावर,बलेफी हाइड्रोपावर र दोर्दी खोला जल विदयुत कम्पनीलगायत दर्जन बढी कम्पनीको सेयर १० प्रतिशतले बढ्यो ।
     
    दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको मूल्य ६.७७ प्रतिशतले घट्यो ।
     
    कारोबार रकमका आधारमा हिमालयन दोलखा हाइड्रोपावर अग्रस्थानमा रह्यो । सो कम्पनीले २५ करोड मूल्य बढीको सेयर कारोबार गर्‍यो। यसैगरी सोनापुर मिनरल्सको १६ करोड ६५ लाख,रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख,शिवं सिमेन्टको १४ करोड ५ लाख र अरुण कावेलीको १२ करोड ९५लाख बराबरको सेयर कारोबार भयो ।
     
    यसदिन २९५ स्क्रिप्टको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर ५ अर्ब १५ करोड ७८ लाख  ४६ हजार ९७९ रुपैयाँमा खरिदबिक्री भए। कारोबार आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने ३ वटाको मात्रै मूल्य घट्यो ।
     
    बैंकिङ,म्युचुल फण्ड र ट्रेडिङ उपसमूहका लगानीकर्ताबाहेक अन्यले कमाए।  यसदिन १८५ कम्पनीको मूल्य बढ्दा ५२ वटाको मूल घट्यो भने ४ को मूल्य स्थिर रह्यो ।
     


    आइतवार, पौष १ २०८००४:३६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij