Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

राप्रपा केन्द्रीय समिति बैठक : पार्टीको एजेन्डामा जनमत बढ्दै गएको लिङ्देनको निचोड

राप्रपा केन्द्रीय समिति बैठक : पार्टीको एजेन्डामा जनमत बढ्दै गएको लिङ्देनको निचोड

  • आइतवार, पौष १ २०८०

  • 448
    SHARES

  • राप्रपा केन्द्रीय समिति बैठक :  पार्टीको एजेन्डामा जनमत बढ्दै गएको लिङ्देनको निचोड

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष बैठकमा सुनाउनु भएको छ ।

    आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराउनु भएको छ ।

    राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्षसहित अध्यक्ष लिङ्देनले पार्टी प्रतिपक्षको भूमिकामा थप सशक्त हुने बताउनुभयो।
    लिङ्देनले सडक संघर्षलाई प्राथमिकता दिने कार्यनीति पार्टीले बनाएको बताउनुभयो ।

    समान विचार भएकाहरुसँग एकताको सम्भावना लिङदेनले बैठकमा प्रस्तुत गरेका छन् । बैठकमा महामन्त्री डा. धवलशम्सेर राणाले वृहत आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

    सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आज नै छलफल प्रारम्भ हुने राप्रपाले जानकारी गराएको छ ।


    आइतवार, पौष १ २०८००१:१५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij