Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर विस्फोट ११ जना घाइते

काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर विस्फोट ११ जना घाइते

  • बिहिवार, आश्विन २९ २०७७

  • 963
    SHARES

  • काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर विस्फोट  ११ जना घाइते

    काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।
    नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो । आज बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको जानकारी पाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दिनुभयो ।
    ४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । ग्यास विस्फोटपछि भएपछि लागेको आगो दमकलको सहायताले निभाइएको थियो ।


    बिहिवार, आश्विन २९ २०७७०१:५२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij