Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

सरकारले भूपूहरुलाई उपेक्षा र असहयोग गरेको गुनासो, सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी

सरकारले भूपूहरुलाई उपेक्षा र असहयोग गरेको गुनासो, सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी

  • बिहिवार, आश्विन २९ २०७७

  • 1.2K
    SHARES

  • सरकारले भूपूहरुलाई उपेक्षा र असहयोग गरेको गुनासो, सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी

    काठमाडौँ । भूपू सैनिक तथा प्रहरीहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् ।

    विश्वभरी नेपालीलाई विर नेपाली भनेर चिनाउने भूपूसैनिक तथा प्रहरीहरुको योगदान र क्षमताप्रति सरकारले कुनै चासो नदिएको उनीहरुको भनाई छ ।

    संयुक्त भूपू सैनिक एबं प्रहरी कल्याणकारी महासंघ नेपालका महासचिव कुलबहादुर केसीले सरकारले केही नगरेपनि आफुहरुले गर्न खोजेको काममा समेत सरकारले असहयोग गरेको आरोप लगाउनुभयो । भारतले दिन खोजेको सेवा सुविधा पनि नेपाल सरकारले रोकेको उहाँको गुनासो छ ।

    आफ्ना समस्या, माग र सुझावहरु सरकारलाई पटक पटक सुनाउदा पनि सुनुवाई नभएको भन्दै उहाँले देशभरी रहेको पूर्व सैनिक तथा प्रहरीहरुलाई संगठित गरेर जागृत गराउने अभियान थालिएको जानकारी दिनुभयो ।

    देशभरी ओझेलमा परेका, सामाजिक क्षेत्रमा योगदान पुर्याइ रहेका सवै भूपूहरुलाई एक जुट र सक्रिय बनाउने उद्धेश्यले आफुहरुले महासंघ गठन गरेको पनि उहाँले बताउनुभयो ।

    शुरुमा संगठित भएर चेतनामुलक कार्यक्रम मार्फत सरकारलाई दवाव दिने र त्यसपछि पनि सुनुवाई नभएमा आन्दोलन गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

     


    बिहिवार, आश्विन २९ २०७७०९:२६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij