Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज तिन प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ देशभरको मौसम

आज तिन प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ देशभरको मौसम

  • सोमवार, मंसिर २५ २०८०

  • 863
    SHARES

  • आज तिन प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ देशभरको मौसम
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
     
    महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
     
    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
     
    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
     
    देशभरको तापक्रममा गिरावट आएको हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।


    सोमवार, मंसिर २५ २०८००६:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij