Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा

  • आइतवार, मंसिर २४ २०८०

  • 735
    SHARES

  • राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सर्टिफिकेट बनाएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
     
    शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
     
    आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानबिन गरी कारबाही गर्नका लागि आयोगमा उजुरी परेको थियो ।
     
    अनुसन्धानका क्रममा बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई पुष्टि भएको थियो ।
     
    नक्कली प्रमाणपत्रका आधारमा अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेकाले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


    आइतवार, मंसिर २४ २०८००२:४९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij