Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एनसेल प्रकरणमा एमाले चुप लागेर बस्दैन: पद्मा अर्याल

एनसेल प्रकरणमा एमाले चुप लागेर बस्दैन: पद्मा अर्याल

  • शनिवार, मंसिर २३ २०८०

  • 580
    SHARES

  • एनसेल प्रकरणमा एमाले चुप लागेर बस्दैन: पद्मा अर्याल

    काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले एनसेल प्रकरणमा एमाले चुप लागेर नबस्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्ककको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएकी अर्यालले राष्ट्रलाई कमजोर र कंगाल बनाउने खालका गतिवीधीहरु हुन नहुने बताउँदै एनसेलमा डरलाग्दो घोटाला भएको आरोप लगाउनुभयो ।

    बाहिर सार्वजनिक भएका कुराहरु वास्तविक भए यो प्रकरणमा मुछिएकाहरुलाई कडा कारवाही हुनुपर्ने एमालेको जोडदार माग रहेको उहाँले बताउनुभयो । एमाले शुसासनको पक्षमा रहेको बताउँदै अर्यालले एनसेलको नाममा भएका बदमासीहरु क्षम्य नहुने र अदालतले बोलेको विषय र फैसला जे हो त्यो कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

    आफूहरु यतिबेला निकै महत्वपूर्ण अभियानमा रहेको स्मरण गराउँदै सचिव अर्यालले विभिन्न बेथिती र शुसासनविरुद्ध एमाले चुप लागेर नबस्ने र वास्तविकता छानविन गर्न सहयोग गर्ने बताउनुभयो । सरकारले छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउनुपर्ने र कारवाही गर्नुपर्ने समेत सचिव अर्यालले माग गर्नुभयो ।

    एमाले यतिबेला मेची–महाकाली अभियानमा रहेको छ । झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।

    अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ । यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ ।


    शनिवार, मंसिर २३ २०८००९:११:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij