Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न पाण्डे पक्राउ

काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न पाण्डे पक्राउ

  • बुधवार, मंसिर २० २०८०

  • 883
    SHARES

  • काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न पाण्डे पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौंको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ।

    प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गर्नुभयो। उहाँले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको जानकारी दिनुभयो ।

    सुन कति बरामद भएको भन्ने बारेमा प्रहरीले खुलाएको छैन। बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिनुभयो। अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    बुधवार, मंसिर २० २०८००१:४९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij