Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

  • मंगलवार, मंसिर १९ २०८०

  • 575
    SHARES

  • पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

    काठमाडौं। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवसायीका लागि पाँच दिने डिजिटल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

    पर्यटनका लागि डिजिटाइजेशन अनिवार्य आवश्यक्ता बन्दै गएको परिप्रेक्ष्यमा व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिनुभयो ।

    नाटाका सचिव युविका राजभण्डारीले एसटीएलआरपीसंगको सहकार्यमा नाटाले देशैभरी विभिन्न खालका तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिँदै यसप्रकारका तालिमले व्यवसायीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुगेको बताउनु भयो ।

    परियोजनाका जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन तथा भएका जनशक्तिको क्षमता अभिवृद्धिमा काम गरिरहको सन्दर्भमा व्यवसायीहरुको आवश्यक्ताको आधारमा नाटासंगको सहकार्यमा सातै प्रदेशमा तालिमहरु संचालन गरिएको जानकारी दिनुभयो ।

    काठमाण्डौका विभिन्न ट्रावल एजेन्सिहरुमा कार्यरत ३० जनाको सहभागिता रहेको तालिममा आमोद निरौलाले प्रशिक्षण दिनुभएको थियो । तालिममा एआइको प्रयोग,च्याट जिपिटीको प्रयोग तथा ठाँउ अनुसारको ट्रावल आइटिनरी निर्माणका विषयमा प्रशिक्षण दिइएको थियो ।

    तालिममा सहभागीहरुले तालिमबाट डिजिटल कन्टेन्ट तथा डिजिटल मार्केटिङका विषयमा धेरै ज्ञान आर्जन गरेको प्रतिक्रिया दिएका छन् ।


    मंगलवार, मंसिर १९ २०८००४:४०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij