Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीद्वारा राष्ट्रिय महाधिवेशनको नयाँ मिति तय

नेकपा एकीकृत समाजवादीद्वारा राष्ट्रिय महाधिवेशनको नयाँ मिति तय

  • मंगलवार, मंसिर १९ २०८०

  • 826
    SHARES

  • नेकपा एकीकृत समाजवादीद्वारा राष्ट्रिय महाधिवेशनको नयाँ मिति तय

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ ।

    मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकोमा उक्त मिति परिवर्तन गरेर जेठमा पुर्‍याएको हो ।

    त्यस्तै सो पार्टीले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको प्रमुख खतिवडाले जानकारी दिनुभयो ।


    मंगलवार, मंसिर १९ २०८००३:१३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij