Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित

  • बुधवार, आश्विन २८ २०७७

  • 1.7K
    SHARES

  • संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित

    काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ। राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा फेरि पनि निर्वाचित भएको हो।

    संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनद्वारा जारी प्रेस विज्ञप्तिमा यसबारे जानकारी दिइएको हो।नेपाल तिन वर्षे कार्यकाल (२०२१–२०२३) का लागि पुनः नियुक्त भएको विज्ञप्तिमा जनाइएको छ।

    नेपाल १५० भोट पाएर एचआरसी सदस्य अर्को तिन वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएको हो। यसअघि सन् २०१८ बाट नेपाल यसको सदस्य रहँदै आएको छ।

    गोप्य मतदान मार्फत् एसिया पेसिफिक क्षेत्रबाट नेपालसहित अन्य तिन देश निर्वाचित भएका छन्। निर्वाचनबाट चीन, पाकिस्तान र उज्वेकिस्तान पनि सन् २०२३ सम्मका लागि एचआरसीको सदस्यमा निर्वाचित भएका हुन्। एचआरसीमा १५ सदस्य हुने व्यवस्था छ।

    यसैगरि, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन्।


    बुधवार, आश्विन २८ २०७७०८:२७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij