Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

एनसेल बिक्रीमा अरापदर्शी कारोबार गरिएको भन्दै चौतर्फी विरोध, करछली गर्ने नियतले विचौलिया पोसेको आशंका (खासखबर)

एनसेल बिक्रीमा अरापदर्शी कारोबार गरिएको भन्दै चौतर्फी विरोध, करछली गर्ने नियतले विचौलिया पोसेको आशंका (खासखबर)

  • सोमवार, मंसिर १८ २०८०

  • 646
    SHARES

  • एनसेल बिक्रीमा अरापदर्शी कारोबार गरिएको भन्दै चौतर्फी विरोध, करछली गर्ने नियतले विचौलिया पोसेको आशंका (खासखबर)

    काठमाडौं । आजियाटाले एनसेलमा आफ्नो स्वामित्व रहेको ८० प्रतिशत सेयर बिक्री गर्दा अरापदर्शी कारोबार गरेको छ । नेपालको नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई थाहा नदिई कर छल्ने ध्येयले न्यून मूल्यमा सेयर बिक्री गरेको खुलेको छ ।

    सन् २०१६ को एनसेल किनबेचमा पुँजीगत लाभकर छल गर्ने प्रयास भएकोमा अहिले पनि अपारदर्शी ढंगले सेयर किनबेच गरेर राजस्व छल्न खोजेको सरोकारवालाले आरोप लगाएका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एनसेल कहिल्यै पनि विवादरहित नरहेको स्मरण गर्दै तत्कालीन समयमा यसको टावर हान्ने र सीम बहिष्कार गर्ने कार्य आफूहरुले गरेको बताउनुभयो ।

    विदेशी लगानीकर्ता आजियाटाले आफ्नो सेयर ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गरेको छ । आजियाटा समूहको स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरेको हो । एनसेल किन्दा र बिक्री हुँदा समेत सरकारको प्रतिक्रिया आएको छैन । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले चारवर्ष पछि एनसेल नेपालको हुने भएकोले यो बेला सरकारकै मान्छेहरुको मिलेमतोमा गलत कार्य भएको हुनसक्ने आशंका गर्नुभयो ।

    अर्थ समितिका सभापति सन्तोष चालिसेले लामो समयदेखि एनसेलमा मुद्धामामिला परिरहेको बताउँदै यसबारे थप बुझ्नका लागि बुधबार बैठक आह्वान गरेको बताउनुभयो । बैठकमा विज्ञहरुको सुझावका आधारमा निर्णय लिइने उहाँले बताउनुभयो ।

    नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेलले आफूहरुलाई जानकारी नै नदिइ बिक्री भएको सूचना आएको बताउँदै यो पारित नहुने स्पष्ट पार्नुभयो । करछलीका लागि यस्तो क्रियाकलाप गरेको हुनसक्ने बताउँदै उहाँले पत्र समेत काटिसकेको बताउनुभयो ।

    आजियाटाले घुमाउरो शैलीमा नेपाल सरकारलाई प्राप्त हुने करमा हानि पु¥याउने नियत देखिएको छ । आजियाटाले अस्वाभाविक मूल्य र ग्रान्ड डिजाइनअनुसार नै सेयर बिक्री गरेको पाइएको छ । एक वर्षकै करिब ६ अर्ब ६१ करोड नाफा गरिरहेको संस्थाले ५ करोड अमेरिकी डलरमा सेयर बिक्री गर्नुमा कुनै न कुनै भित्री स्वार्थ पक्कै देखिन्छ ।




    सोमवार, मंसिर १८ २०८००७:१०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij