काठमाडौं । एक सातामा सुनको मूल्य ४ हजार २०० रुपैयाँले बढेको छ ।
गत साताको सोमबार प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ ।
गत सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार हुँदा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भयो । जसलाई बुधबार तोलाकै १ लाख १९ हजार ३०० रुपैयाँको नयाँ रेकर्डले तोड्यो । शुक्रबार १ लाख १९ हजार रुपैयाँमा झरेर कारोबार भएको थियो ।
त्यस्तै साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँ हुँदै नयाँ रेकर्ड कायम भयो । जसलाई आज सोमबार प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँको कारोबारले तोडेको छ ।
सुनको मूल्यले रेकर्डमाथि रेकर्ड कायम गर्दै जाँदा यस वर्षको अन्त्यसम्म प्रतितोला एक लाख ५० हजार रुपैयाँ नाघ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् ।