Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर

  • सोमवार, मंसिर १८ २०८०

  • 422
    SHARES

  • चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर

    काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको छ ।

    सोमबार समिति र प्रा.लि.बीच पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महशलु बाँडफाँड गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गर्नुभयो ।

    हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्युनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ सय ३० करोड भन्दा बढी आम्दानी गरिरहेको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने बताएपनि कार्यालय खारेजी नहुने बताउनुभयो। उहाँले संस्था अझै बलियो भएर जाने र खारेजी भएपनि कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्नेतर्फ आफूहरुले सोचिरहेको बताउनुभयो ।

    सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा तुलनात्मक रुपमा वृद्धि हुने अवस्था देखिएको बताउनुभयो ।

    समितिले गत साउन ९ गते टेण्डर आह्‍वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो ।


    सोमवार, मंसिर १८ २०८००२:२०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij