सूर्य प्रकाश मगर
रोल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले जब देशमा संकट आउँछ तब नेपाली कांग्रेसको आवश्यकता पर्ने बताउनु भएको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई बुटवलमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।
हिजो १७ हजारको अकालमा ज्यान लिएको शक्तिले कांग्रेसको नेतृत्वमा सरकार चलाइरहेको समेत उहाँले बताउनु भएको छ। प्रदेश सरकारले बाटो बनाउने, विद्युत बनाउने, खानेपानी बनाउने, रोजगारी सिर्जना गर्छौ भनेर भाषण गरेर मात्र नपुग्ने समेत भण्डारीले बताउनु भएको छ।
नेपाली जनताले खोजेको के हो ? जनताले के भ्याक्सिन खोजेको छ, नारायणगढ–मुग्लिन सडक सुधार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । रोल्पामा उत्पादन भएको सुन्तला, दाङ, गुल्मी, प्युठान, अर्घाखाँची लगायतको उत्पादनलाई निर्यात गरेपनि त्यो जिल्लाका किसानहरुले राहत महसुश गर्ने र आम्दानी बढ्ने उहाँको भनाइ थियो ।
नेपालसँग ६ खर्ब रुपैयाँ भएको जिकिर गर्दै उहाँले अहिले रुपैयाँ छैन भन्नु गलत रहेको समेत बताउनु भएको छ। अहिले नेपालमा सुनकाण्ड लगायतका ठूल्ठूला काण्ड भएको र त्यसले गर्दा नेपाली जनताले विश्वास गर्ने बाटो समेत नरहेको बताउनु भएको छ।
नेपाली कांग्रेसले आम नागरिकलाई राम्रो भ्याक्सिन दिन नसक्दा कमजोर भएको र पार्टी भित्र गुट उपगुटको कारणले पनि कांग्रेस कमजोर भएको समेत बताउनु भएको छ। बिपीको सिद्धान्तलाई आत्मसात गर्दै अबको नेपाली कांग्रेसको दृष्टिकोण आम नागरिकको परिवर्तनको निम्ति काम गर्नुपर्ने समेत बताउनु भएको छ।