Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक, मङ्सिर २४ देखि २९ सम्म दल दर्ताको समय

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक, मङ्सिर २४ देखि २९ सम्म दल दर्ताको समय

  • शुक्रवार, मंसिर १५ २०८०

  • 640
    SHARES

  • राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक, मङ्सिर २४ देखि २९ सम्म दल दर्ताको समय

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको बिहीबार बसेको बैठकले माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरेको हो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलेले शुक्रबार(आज) जारी गरेको विज्ञप्तिमा मङ्सिर २४ गते देखि २९ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरिएको छ । 

    राजनीतिक दल दर्ता भएपश्चात् पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ । त्यस्तै पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ ।

    पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका तय गरेको छ ।

    election_pDDJNm5BKu.webp


    शुक्रवार, मंसिर १५ २०८००२:५५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij