Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जनतालाई जागरण बनाउन एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’: युवराज ज्ञवाली

जनतालाई जागरण बनाउन एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’: युवराज ज्ञवाली

  • बिहिवार, मंसिर १४ २०८०

  • 462
    SHARES

  • जनतालाई जागरण बनाउन एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’: युवराज ज्ञवाली

    काठमाडौं । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि शुरु हुँदैछ ।

    एमाले उपाध्यक्ष युवराज ज्ञवालीले यो यात्रा अन्तर्गत मूलुकको शान्ती, सम्वृद्धि, उन्नती, प्रगती र विकासको सन्देश लिएर जनताको घरघर र जिल्लाजिल्लामा पुग्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले देशको उन्नतीका लागि र जनताको नेतृत्व, अगुवाई गर्न निरन्तर तयार रहेको एमालेलाई साथ दिन जनतालाई जागरण सिर्जना गर्ने यात्राको मूख्य उदेश्य भएको बताउनुभयो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले यात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । ओलीले बैतडीको झुलाघाटमा बिहान ८ बजे नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने नेता ज्ञवालीले बताउनुभयो । त्यसपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, शहीद दशरथचन्द, बलदेब रिचपलेको सालिकमा माल्यार्पणको कार्यक्रम रहेको छ ।

    बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना हुने नेकपा एमालेले जनाएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासंगको भेटघाट रहेको जनाएको छ ।

    संकल्प यात्राअघि हिजो पाटनमा आयोजना गरिएको अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।

    हिजो नै देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरुसँग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुनुभएको थियो ।

    संकल्प यात्राको पहिलो दिन आज डढेलधुराको अमरगढी पुगेर समापन हुने नेता ज्ञवालीले बताउनुभयो । त्यस्तै, दोस्रो दिन भोलि अमरगढीबाट यात्रा सुरु भएर सिलगढी पुगेर समापन हुनेछ । तेस्रो दिन सिलगढीबाट सुरु हुने यात्रा मङ्गलसेन पुगेर समापन हुनेछ । चौथो दिन मङ्गलसेनबाट यात्रा सुरु भइ दैलेखमा समापन हुनेछ ।

    १८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुष २ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ । एमालेले यो यात्रालाई आगामी चुनाव केन्द्रित अभियानको रुपमा लिएको छ । यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो ।


    बिहिवार, मंसिर १४ २०८००८:२९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij