Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपामा १४ जना केन्द्रीय समितिमा समेटिँदै, उपसभापतिमा डा. स्वर्णिम वाग्लेलाई ल्याउने हल्लामात्रै

रास्वपामा १४ जना केन्द्रीय समितिमा समेटिँदै, उपसभापतिमा डा. स्वर्णिम वाग्लेलाई ल्याउने हल्लामात्रै

  • बुधवार, मंसिर १३ २०८०

  • 742
    SHARES

  • रास्वपामा १४ जना केन्द्रीय समितिमा समेटिँदै, उपसभापतिमा डा. स्वर्णिम वाग्लेलाई ल्याउने हल्लामात्रै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने तयारी गरेको छ ।

    मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सबै सांसदलाई केन्द्रीय समितिमा ल्याउने विषयमा छलफल भएको हो ।

    रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले भन्नुभयो, ‘केन्द्रीय कार्यसमिति बाहिर रहेका पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय समितिमा ल्याउने विषयमा छलफल चलिरहेको छ । आज निर्णयमा पुग्छौँ होला ।’

    रास्वपाका (उपसभामुख इन्दिरा राना बाहेक) २० सांसद मध्ये १४ जना केन्द्रीय कार्यसमिति बाहिरका छन् । सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य छन् ।

    संसदीय दलका उपनेता, विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. स्वर्णिम वाग्ले, डा. चन्दा कार्की (भण्डारी), असिम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायतलाई केन्द्रीय समितिमा समेट्ने रास्वपाको तयारी छ ।

    रास्वपाको २० सदस्यीय संसदीय दलमा वाग्ले १३ औँ नम्बरमा छन् । वाग्लेलाई उपसभापति बनाउने समाचारमा सत्यता नरहेको रास्वपा उपसभापति अर्याल बताउँछन् । आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।

     


    बुधवार, मंसिर १३ २०८००२:२०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij