Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

 स्टाफ नर्सको लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल 

 स्टाफ नर्सको लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल 

  • आइतवार, मंसिर १० २०८०

  • 1.2K
    SHARES

  •  स्टाफ नर्सको लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल 
    काठमाडौं । स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल (अनुत्तीर्ण) भएका छन्। नेपाल नर्सिङ परिषद्ले राजधानीका २ वटा परीक्षा केन्द्रहरूमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका हुन्।
     
    परीक्षा समितिकी प्रवक्ता शकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएकामध्ये २४६ जना (१९.३४ प्रतिशत) मात्रै पास भएका छन्।
     
    बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन्।  बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन्।


    आइतवार, मंसिर १० २०८००२:२१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij