Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पत्रकार सापकोटालाई पितृशोक

पत्रकार सापकोटालाई पितृशोक

  • मंगलवार, आश्विन २७ २०७७

  • 1.1K
    SHARES

  • पत्रकार सापकोटालाई पितृशोक

    काठमाडौं । नेपाली रेडियो नेटवर्कका सहकर्मी पत्रकार दीपेन्द्र सापकोटालाई पितृशोक परेको छ । उहाँका पिता कृष्णचन्द्र सापकोटाको ७४ वर्षको उमेरमा आज (मंगलबार) निधन भएको हो । पूर्वप्रधानाध्यापक समेत रहेका उहाँको आज विहान साढे नौ बजेतिर काठमाडौमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    मिर्गौलासम्वन्धी रोगबाट पीडित सापकोटाको निधनप्रति नेपाली रेडियो नेटवर्कले दुःख व्यक्त गरेको छ । नेटवर्कले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ ।

    मोरङ्गको उर्लाबारीका स्थायी बासिन्दा स्व. सापकोटाले लामो समय देशका विभिन्न ठाउँमा शिक्षण गर्नुभएको थियो ।

    प्रजातान्त्रिक विचारधारा अंगालेकै कारण स्व. सापकोटालाई तत्कालिन पञ्चायती सरकारले देशका विभिन्न दुर्गम ठाउँमा सरुवा गरेको थियो ।

    स्व. सापकोटाले आफ्नो पुर्खौंली घर पाँचथरको पृथ्वी उच्च मावि, यासोकमा कक्षा १२ सम्मलाई अध्यापन गराउनुभएको थियो ।

     

     


    मंगलवार, आश्विन २७ २०७७११:३७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij