Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

राजतन्त्रबारे बोले केपी शर्मा ओली

राजतन्त्रबारे बोले केपी शर्मा ओली

  • शुक्रवार, मंसिर ८ २०८०

  • 926
    SHARES

  • राजतन्त्रबारे बोले केपी शर्मा ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मान्छेले मात्र राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ ।

    भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले थोरै मात्र चेतना भएको मान्छेले राजतन्त्र स्वीकार गर्न नसक्ने टिप्पणी गर्नुभएको हो ।

    ‘एउटा मान्छेको छोरो जन्मिँदै राजा भएर जन्मिन्छ। लाटो भएर जन्मिन्छ कि, गँजडी जन्मिन्छ कि, ड्रगिस्ट हुन्छ कि, लफङ्गा भएर जन्मिछ कि, कस्तो जन्मिन्छ भन्ने थाहा छैन। जन्मिँदै राजा हुने‚ त्यो कुरा पनि मान्छु त्यही हुनुपर्छ भन्ने‚ कठैबरी१ नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने चेतना हो र ! त्यो त मूर्खता हो नि !’

    जनताले काम लाग्ने चिज होइन रहेछ भनेर १५ वर्ष अगाडि फालिसकेको राजतन्त्र ब्यूँताउँछु भन्नु दिवा स्वप्न भएको उहाँको दाबी छ।

    ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लाग्या छन्’ एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यस्तो बेलामा युवा संघले हामी यहाँ छौँ भनेर‚ छातिमा टाँसेर होइन रातो टोपी लाएर मैदानमा उत्रिएर देखायो। देश संकटमा परेको बेला काँध थाप्ने हामी छौँ है भनेर बोल्यो हिजो म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु ।’

    युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उहाँले ठूला आन्दोलनका लागि पनि तयार रहन आग्रह गर्नुभयो ।

     


    शुक्रवार, मंसिर ८ २०८००४:४२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij