Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संघीय गणतन्त्र पूर्णतः असफल भइसक्यो, व्यवस्था चलाउने नेताहरूमा क्षमता पनि देखिएन : धवलशमशेर राणा

संघीय गणतन्त्र पूर्णतः असफल भइसक्यो, व्यवस्था चलाउने नेताहरूमा क्षमता पनि देखिएन : धवलशमशेर राणा

राप्रपाले खोजेको बेलायती राजाजस्तो संवैधानिक भूमिका खेल्ने खालका हो
  • शुक्रवार, मंसिर ८ २०८०

  • 798
    SHARES

  • संघीय गणतन्त्र पूर्णतः असफल भइसक्यो, व्यवस्था चलाउने नेताहरूमा क्षमता पनि देखिएन : धवलशमशेर राणा
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद धवलशमशेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘राप्रपा आफैं पनि ७७ जिल्लामा एकै चोटि आन्दोलनको तयारी गर्दैछ । हामी एक्लै आन्दोलनमा जानेभन्दा पनि विचारधारा मिल्ने सबैलाई साथमा लिएर अघि बढ्दैछौं । जहाँसम्म दुर्गा प्रसाईंको आन्दोलनको कुरा हो, त्यसबारे पार्टीले आधिकारिक कुनै निर्णय गरेको छैन । तर राजसंस्थासहितको हिन्दु राष्ट्रको एजेन्डामा हाम्रो नैतिक समर्थन छ।’ राप्रपाले दुर्गा प्रसाईंको आन्दोलनमा कुनै कार्यकर्तालाई नरोकेको पनि उहाँले स्पष्ट पार्नुभयो । 
     
    वर्तमान संविधानलाई नै गणतन्त्र र संघीयतालाई पल्टाउने राप्रपाको घोषित एजेन्डा भएको पनि राणाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजासहितको प्रजातन्त्र र सनातन हिन्दुसापेक्ष राष्ट्र ल्याउने हाम्रो एजेन्डा हो । त्यसका लागि अहिले पनि बेमौसमको बाजा भन्ने हो भने अर्को मौसम कहिले आउला र देश बन्ला ? संघीय गणतन्त्र पूर्णतः असफल भइसक्यो । व्यवस्था चलाउने नेताहरूमा क्षमता पनि देखिएन ।’
     
    राप्रपाले पारस शाहलाई राजा बनाउने नभनेको पनि राणाको जिकिर छ । उहाँले समय आएपछि राजपरिषद्को परामर्शमा उचित पात्र खोजिने बताउँदै राप्रपाले खोजेको राजसंस्था संविधानभित्र अभिभावकीय र बेलायती राजाजस्तो संवैधानिक भूमिका खेल्ने खालको रहेको जिकिर गर्नुभयो । राजा सबैको साझा भएकाले सडक आन्दोलनमा नआउने पनि उहाँले स्पष्ट पार्नुभयो ।
     


    शुक्रवार, मंसिर ८ २०८००९:४९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij