Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंको कार्यक्रममा राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि सहभागी

दुर्गा प्रसाईंको कार्यक्रममा राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि सहभागी

  • बिहिवार, मंसिर ७ २०८०

  • 1.4K
    SHARES

  • दुर्गा प्रसाईंको कार्यक्रममा राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि सहभागी

    काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानमा राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । बल्खुमा जारी सभामा प्रसाईंसँग शाही पनि पुगेका हुन् ।

    प्रसाईंले आन्दोलनलाई लिएर राप्रपामा दुई धार छ । राप्रपाको संस्थापन पक्षले प्रसाईंप्रति अविश्वास गर्दै गर्दा संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत नेताहरुले समर्थन गर्नुपर्ने पक्षमा खुलेका थिए ।

    पार्टीभित्र दुई धार भइरहेको बेलामा सांसद शाही कार्यक्रममै सहभागी भए । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अधिकांश नेताहरूले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई मंसिर ९ गते झापामा लगेर कार्यक्रम गर्दैछन् ।


    बिहिवार, मंसिर ७ २०८००२:५७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij