Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दुई प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ आज देशभरको मौसम

दुई प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ आज देशभरको मौसम

  • बिहिवार, मंसिर ७ २०८०

  • 795
    SHARES

  • दुई प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ आज देशभरको मौसम
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । 
     
    महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
     
    दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । 
     
    कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ ।
     
    यस्तै, राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 
     
    महाशाखाले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
     


    बिहिवार, मंसिर ७ २०८००६:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij