Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकारले जनतालाई डेलिभरी दिन नसक्दा जनतामा अनेक आशंका जन्मिए :  एमाले नेता अधिकारी

सरकारले जनतालाई डेलिभरी दिन नसक्दा जनतामा अनेक आशंका जन्मिए :  एमाले नेता अधिकारी

  • बुधवार, मंसिर ६ २०८०

  • 680
    SHARES

  • सरकारले जनतालाई डेलिभरी दिन नसक्दा जनतामा अनेक आशंका जन्मिए :  एमाले नेता अधिकारी
    काठमाडौं । नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ११ महिनासम्म शासक भएँ भनेर फुर्ती लगाइरहेको आरोप लगाउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्रीलाई जनताको सेवा गरें भन्ने नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘११ महिनासम्म शासक भएँ भनेर जिब्रो पड्काइरहेका छन् । जम्मा दुई जिल्लामा भूकम्प गएको अहिलेसम्म अस्थायी आवासको सुरसार छैन । प्रधानमन्त्री र राष्ट्रपति हेलिकप्टरमा धुलो उडाएर आए । शान्ति प्रक्रियाको १७ वर्षसम्म लुटको धन फुपूको श्राद्ध भइरहेको छन् । जनताको चहराइरहेको घाउमा मलम लगाउनेभन्दा चुक अमिलो छर्कने काम भइरहेको छ । हत्या हिंसा सुरु गरेको दिनलाई जनयुद्ध दिवस मनाइरहेका छन् ।’ 
     
    यस्तै, उहाँले दुर्गा प्रसाईँले आफ्नो पार्टीसँग नाम जोडेर चर्चित हुन खोजेको आरोप पनि अधिकारीले लगाउनुभयो । अर्बौं रुपियाँ ऋण खाएर बैंक टाट पल्टाउने व्यक्तिले जे पनि बोल्दै हिँडेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘पुष्पक विमान चढेको, राजा फर्केको अनि आफै राजा भएको सपना देख्न सकिन्छ । राजा त घरपिच्छे छन् नि । घरमा श्रीमतीले पनि मेरो राजा भनेर फकाउने चलन छ नि । बजारु कुरामा धेरै नअलमलिऊँ । समयको बरबादी हो ।’
     
    पार्टीको एउटा जनसंगठनले आन्दोलन गर्दा त पुराना भूत, प्रेत, काँचा वायु त छटपटिए भने सिंगै पार्टी लाग्या के हुन्छ भनी अधिकारीले प्रश्न पनि गर्नुभयो । 
     
    उहाँले सरकारले जनतालाई डेलिभरी र स्थायित्व दिन नसक्दा जनतामा अनेक आशंका जन्मेको दाबी गर्नुभयो । गणतन्त्र र संघीयता अपरिवर्तनीय कुरा हुन् भनेर जनतामा व्यापक निराशा आउन नदिन एमालेका २३ वटा जनसंगठनमध्ये युवा विद्यार्थीले सामुदायिक हितका लागि विशेष कार्यक्रम गर्न लागेको उहाँको भनाई छ । 
     
    न्यायाधीश नियुक्तिमा वास्तविकताभन्दा बढी बुझेर दलीय भागबन्डाको आरोप लगाइएको पनि उहाँले बताउनुभयो । 
     


    बुधवार, मंसिर ६ २०८००९:४२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij