Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंले भने बल्खुमा कार्यक्रम उद्घाटन गर्छुं, देशैभर चल्छ

दुर्गा प्रसाईंले भने बल्खुमा कार्यक्रम उद्घाटन गर्छुं, देशैभर चल्छ

  • मंगलवार, मंसिर ५ २०८०

  • 797
    SHARES

  • दुर्गा प्रसाईंले भने बल्खुमा कार्यक्रम उद्घाटन गर्छुं, देशैभर चल्छ

    काठमाडौं । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतले जानकारी दिनुभयो ।

    माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिनुभयो ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘बल्खुमा उद्घाटन गर्छु, थप कार्यक्रम देशभर चल्छ ।’


    मंगलवार, मंसिर ५ २०८००२:३९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij