काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठ पर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उहाँ अपराह्न: ४ बजे गुहेश्वरी र ४ः३० बजे कमलपोखरी जाने कार्यक्रम छ ।
आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै छ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।
आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।