Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

काँचो कफीको समर्थन मूल्य निर्धारण

काँचो कफीको समर्थन मूल्य निर्धारण

  • शुक्रवार, मंसिर १ २०८०

  • 691
    SHARES

  • काँचो कफीको समर्थन मूल्य निर्धारण

    काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षको लागि काँचो कफीको समर्थन मूल्य निर्धारण गरेको छ ।

    बोर्डले १९ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आजदेखि लागू हुने गरी सो मूल्य निर्धारण गरेको हो ।

    बोर्डले फ्रेस चेरी कफी ग्रेड ए प्रतिकिलो सय रुपैयाँ र फ्रेस चेरी कफी ग्रेड बी को प्रतिकिलो ९० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

    पार्चमेन्ट कफी ग्रेड ए को प्रतिकिलो पाँच सय मूल्य तोकेको छ भने पार्चमेन्ट कफी ग्रेड बी को प्रतिकिलो चार सय ५० रुपैयाँ पर्ने बोर्डले उल्लेख गरेको छ । ड्राई कफी चेरी ग्रेड ए को दुई सय र ड्राई कफी चेरी ग्रेड बी को मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ तोकिएको छ ।


    शुक्रवार, मंसिर १ २०८००५:२७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij