Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपाले थाल्यो घरदैलो अभियानको तयारी तीव्र

रास्वपाले थाल्यो घरदैलो अभियानको तयारी तीव्र

  • बिहिवार, कार्तिक ३० २०८०

  • 473
    SHARES

  • रास्वपाले थाल्यो घरदैलो अभियानको तयारी तीव्र

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो अभियानको तयारीलाई तीव्र पारेको छ ।

    मंसिर २, ३ र ४ गते रास्वपाले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम गर्न लागेको हो ।

    कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार रास्वपाले घरदैलो कार्यक्रम गर्दैछ ।

    २०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत पाएको थियो ।

    रास्वपाका सह—महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार अभियानमा मुख्यतः दुई एजेण्डा छन् ।

    बुर्लाकोटीका अनुसार पार्टीका सांसद, केन्द्रीय सदस्य र २०७९ को निर्वाचनका उम्मेदवारहरु घरदैलो अभियान जाने छन् । रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन् ।

    गत निर्वाचनमा रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३१ र १०७ समानुपातिकमा १०७ जना उम्मेदवार खडा गरेको थियो ।


    बिहिवार, कार्तिक ३० २०८००४:३२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij