Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

चिनियाँ कम्युनिस्ट पार्टीले दलहरूलाई दियो २ करोड ७४ लाख बराबरको राहत सामाग्री

चिनियाँ कम्युनिस्ट पार्टीले दलहरूलाई दियो २ करोड ७४ लाख बराबरको राहत सामाग्री

  • बुधवार, कार्तिक २९ २०८०

  • 772
    SHARES

  • चिनियाँ कम्युनिस्ट पार्टीले दलहरूलाई दियो २ करोड ७४ लाख बराबरको राहत सामाग्री

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलहरूलाई २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।

    बुधबार होटेल याक एण्ड यतिमा मुख्य दलका नेताहरूको उपस्थितिमा सो राहत सामाग्री हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशका भूकम्पीडितहरूका लागि राजनीतिक दलहरुमार्फत प्रभावित क्षेत्रमा पुर्‍याउने कांग्रेसका नेता रामहरि खतिवडाले बताउनुभयो । छठ पर्वपछि उक्त सामाग्री भूकम्पपीडितलाई हस्तान्तरण गर्ने खतिवडाले बताउनुभयो ।

    ‘चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री नेपाली राजनीतिक दलहरूलाई हस्तान्तरण गरेको छ । खतिवडाका अनुसार दलहरूलाई छुट्टाछुट्टै राहत सामाग्री उपलब्ध गराएको हो । हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, कांग्रेसबाट खतिवडा, एमालेबाट विदेश विभाग प्रमुख राजन भट्टराई, जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठ सहभागी भएको खतिवडाले जानकारी दिनुभयो ।


    बुधवार, कार्तिक २९ २०८००५:३३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij