काठमाडौं। पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताउनु भएको छ ।
भक्तपुरमा मंगलबार नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रममा शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनले इतिहास जोगाउन अतिआवश्यक भइसकेको बताउनु भएको हो ।
उहाँले इतिहास जस्तो भए पनि आफ्नै मूल्य र मान्यता हुने भन्दै इतिहासको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो ।
ठाउँका नामहरु मौलिक रुपमा राख्नुपर्नेमा बाटो, गल्लीका नामहरु पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्यमान्यता मेटिंदै गइरहेको उहाँको भनाइ छ ।