Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भूकम्पपीडितको राहतमा प्रभावकारिता बढाउन सरकारलाई कांग्रेस नेता पौडेलको सुझाव

भूकम्पपीडितको राहतमा प्रभावकारिता बढाउन सरकारलाई कांग्रेस नेता पौडेलको सुझाव

यतिबेला सरकार परिवर्तनको कुरा उपयुक्त नभएको दाबी
  • सोमवार, कार्तिक २७ २०८०

  • 665
    SHARES

  • भूकम्पपीडितको राहतमा प्रभावकारिता बढाउन सरकारलाई कांग्रेस नेता पौडेलको सुझाव
    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले जाजरकोटका भूकम्पपीडितको राहतमा प्रभावकारिता बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग  संवाद गर्दै नेता पौडेलले भूकम्पपीडितको राहतमा सरकारले एकद्वार प्रणाली बनाए पनि त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन नसकेको बताउनुभयो । 
     
    पीडितको आवश्यकता र प्राथमिकता निर्धारण गरेर तत्काल सहयोग गर्न सक्नुपर्ने उहाँको भनाई छ। तत्काल न्यानो कपडा, टेन्ट, पाल, खाद्य सामग्री, औषधि लिएर जानु जरुरी रहेको बताउँदै उहाँले संकलित राहत र सहयोग तीनचार महिना पछि गएर केही अर्थ नहुने उहाँले दाबी गर्नुभयो ।
     
    भूकम्पपीडितलाई कतिपयले देखावटी सहयोग मात्र गरेको आरोप पौडेलले लगाउनुभयो । राहतमा विभेद र राजनीतीकरण भए सरकारको आलोचना बढ्ने पनि उहाँले औंल्याउनुभयो । 
     
    सरकारले ५० हजार दिए पनि तत्काल भूकम्प प्रभावित क्षेत्रमा सिकर्मी र मिस्त्रीको अभाव हुने पनि पौडेलले बताउनुभयो । साथै उहाँले कांग्रेसले १ हजार टहरा बनाउने कुरा घोषणामा मात्र सीमित हुनु नहुने पनि औंल्याउनुभयो ।
     
    अर्को प्रसंग नेता पौडेलले भूकम्पबाट देश पीडित भएको र चाडबाडका बेला सरकार परिवर्तनको कुरा उपयुक्त नहुने बताउनुभयो । 
     


    सोमवार, कार्तिक २७ २०८०१०:२०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij