Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जाजरकोट भूकम्प : राष्ट्रिय वाणिज्य बैंकद्वारा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

जाजरकोट भूकम्प : राष्ट्रिय वाणिज्य बैंकद्वारा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

  • बुधवार, कार्तिक २२ २०८०

  • 530
    SHARES

  • जाजरकोट भूकम्प : राष्ट्रिय वाणिज्य बैंकद्वारा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

    बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गर्नुभएको हो ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ मङ्गलबार ट्रान्सफर गरेको छ ।

    भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंकले श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

    उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो ।


    बुधवार, कार्तिक २२ २०८००३:०२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij