Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपाले मधेसमा गर्न लागेको बैठक स्थगित

रास्वपाले मधेसमा गर्न लागेको बैठक स्थगित

  • सोमवार, कार्तिक २० २०८०

  • 431
    SHARES

  • रास्वपाले मधेसमा गर्न लागेको बैठक स्थगित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ ।

    पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय पार्टीले गरेको थियो ।

    अर्को बैठकमा छठ पछि बस्ने रास्वपाले जनाएको छ । ‘धेरै नेताहरु प्रभावित स्थानमा खटिनु भएको छ । राहत, उद्धार र औषधी व्यवस्थापनका लागि पार्टीका नेता कार्यकर्ता लागिरहनुभएको छ, सहमहामन्त्री बुर्लाकोटीले भन्नुभयो ।’

    महोत्तरीमा बैठक गर्ने गरि पार्टीले तयारी गरिरहेका बेला जाजरकोट र पश्चिम रुकुममा भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि बैठक स्थगित गरिएको हो ।

    बैठक छठ पछि मात्रै बस्ने रास्वपाले जनाएको छ ।


    सोमवार, कार्तिक २० २०८००३:४३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij