Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

ग्लोबल आइएमई बैंकको डेपुटी सिइओमा सुमन पोखरेल नियुक्त

ग्लोबल आइएमई बैंकको डेपुटी सिइओमा सुमन पोखरेल नियुक्त

  • सोमवार, कार्तिक २० २०८०

  • 698
    SHARES

  • ग्लोबल आइएमई बैंकको डेपुटी सिइओमा सुमन पोखरेल नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)मा सुमन पोखरेल नियुक्त हुनुभएको छ । बैंकको हालै बसेको सञ्चालक समिति बैठकले पोखरेललाई डिसिओ बनाएको हो।

    यसअघि पोखरेल आइएमई ग्रुपको भाइसप्रेसिडेन्ट थिए। दुई वर्षअघि बैंकका सञ्चालकसमेत रहेका पोखरेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिइओ हुनुहुन्थ्यो ।

    त्यसपछि उहाँ आइएमईको ग्रुप सिइओ हुँदै भाइसप्रेसिडेन्ट हुनुहुन्थ्यो। १२ वर्ष आइएमईको सिइओ भएर काम गरेका पोखरेल २०७८ चैतदेखि भाइसप्रेसिडेन्ट बन्नुभएको हो ।

    डिसिओ पोखरेलले एभरेष्ट बैंकबाट बैंकिङ्ग करियर सुरु गर्नुभएको हो । उहाँले व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको छ ।

    पोखरेलको वित्तीय, रेमिट्यान्स, ऊर्जा, हस्पिटालिटी, प्रविधि, इन्फोटेन्मेन्ट, अटोमोटिभ, रिटेल, लजिस्टिक्सलगायत आधा दर्जनभन्दा धेरै व्यवसायको मातृ संस्था आईएमई ग्रुप अफ कम्पनीजको नेतृत्व गरेको अनुभव छ।


    सोमवार, कार्तिक २० २०८०११:२४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij