Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गायक शिवसागरको ‘म भोलि जाँदैछु’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गायक शिवसागरको ‘म भोलि जाँदैछु’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • आइतवार, आश्विन २५ २०७७

  • 1.6K
    SHARES

  • गायक शिवसागरको ‘म भोलि जाँदैछु’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सर्जक टेक खत्रिको शब्दलाई टप्पक टिपेर अनिल सिमालीले गीतको संगीत गरेका हुन् ।

    पुरुषोतम न्यौपानेको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन बिशाल नेपालीले गरेका छन्। गीतमा गायक शिवसागर खड्काको सुमधुर स्वर रहेको छ। हाइलाइट्सले नेपालले आज मात्र सार्बजनिक गरेको उक्त भिडियोले छोटो समयमा नै धेरै चर्चा बटुल्न सफल भएको छ ।

    उक्त भिडियोमा कलाकारहरु अञ्जली अधिकारी, टेक अत्रि र डीएन श्रेष्ठले मोडलिङ गरेका छन्। भिडियोको सिनेमाटोग्राफि ज्ञानेन्द्र शर्मा हुमागाइँ र उनको टिमले गरेको हो।

    भिडियोको सम्पादन अमृत चापागाँईले गरेका छन् । सानै उमेरदेखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक खड्काको यो गीतले छोटोसमयमा नै धेरै चर्चा पाईसकेको छ।


    आइतवार, आश्विन २५ २०७७०२:२७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij