Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पहिलो कारोबार दिन नै शेयर बजार परिसुचक नेप्से राताम्मे

पहिलो कारोबार दिन नै शेयर बजार परिसुचक नेप्से राताम्मे

  • आइतवार, कार्तिक १९ २०८०

  • 564
    SHARES

  • पहिलो कारोबार दिन  नै  शेयर बजार परिसुचक नेप्से राताम्मे

    काठमाडौं। साताको पहिलो कारोबार दिन शेयर बजार परिसुचक नेप्से घटेर राताम्मे भएको छ। नेप्से आज २१ दशमलव ४६ अङ्कले घटेर एक हजार आठ सय २६ दशमलव २३ विन्दुमा झरेको छ ।

    आज होटल तथा पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ। सबैभन्दा धेरै हिमालय लघुवित्तको शेयर १० प्रतिशत र बाराही हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।

    समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको शेयर सात प्रतिशतले बढेको छ। आज ३५ लाख ५८ हजार कित्ता शेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन्।

    सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेयर चार करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।


    आइतवार, कार्तिक १९ २०८००३:३५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij