Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला

आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला

  • आइतवार, कार्तिक १९ २०८०

  • 1.2K
    SHARES

  • आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला

    काठमाडौं । सर्वसाधारण उपभोक्ताका लागि आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला भएको छ ।

    तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरेको हो ।

    केन्द्रीय बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सिक्का बिक्रीमा राखेको छ भने चाँदीका २५ ग्राम, १०–१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ । केन्द्रीय बैंकका अनुसार १० ग्राम सुनको सिक्काको बजार मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ रुपैयाँ र २५ हजार ५९२ रुपैयाँ तोकिएको छ ।

    यस्तै यता चाँदीको सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको एक हजार ६ सय रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।


    आइतवार, कार्तिक १९ २०८००२:०४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij