Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई १ करोड दिने बुद्ध एयरको घोषणा

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई १ करोड दिने बुद्ध एयरको घोषणा

  • शनिवार, कार्तिक १८ २०८०

  • 757
    SHARES

  • जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई १ करोड दिने बुद्ध एयरको घोषणा

    काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको छ । शनिवार एक सूचना जारी गर्दै बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जनाएको छ ।

    बुद्ध एयरले जारी सूचनामा भनिएको छ– ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ ।

    हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १ करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’


    शनिवार, कार्तिक १८ २०८००२:३९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij