Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दर्शकको मन जित्दै हाँस्य टेलिसिरियल ‘अति भो’

दर्शकको मन जित्दै हाँस्य टेलिसिरियल ‘अति भो’

  • आइतवार, आश्विन २५ २०७७

  • 2.6K
    SHARES

  • दर्शकको मन जित्दै हाँस्य टेलिसिरियल ‘अति भो’

    काठमाडौं । नेपाल टेलिभिजन प्लस मार्फत प्रसारण भैरहेको हाँस्य टेलिसिरियल ‘अति भो’ले दर्शकको मन जित्दै गएको छ । हरेक साताको शनिबार राति ९ बजे नेपाल टलिभिजन मार्फत प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियलमा अहिलेका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

    कमेडी च्याम्पियन मार्फत चर्चामा आउन सफल कमेडियन खड्ग बहादुर पुन (खबपु) र अहिलेकी ब्यस्त कलाकार रियासा दाहालले यसै सिरियल मार्फत पहिलो पटक स्क्रिन शेयर गरेका छन् ।

    हरेक शनिबार राती ९ बजे नेपाल टेलिभिजन प्लस र मिडिया हब युट्युब च्यानलमा साँढे ९ बजे प्रसारण भइरहेको सिरियलमा खबपु र रियासा बाहेक सुरज खनाल, तिलक कोइराला, चन्द्र पाण्डे, शर्मिला शर्मा, रिता सिवाकोटी, श्रीना नेपाल, पूजा सिलवाल आदि र बालकलाकार सुयशा खनालको अभिनय रहेको छ ।

    समसामयिक तथा सामाजिक बिषयमा ब्यङ्ग्य प्रहार गरी सन्देश प्रवाह गर्नु सिरियलको मुख्य उद्देश्य रहेको यसका निर्देशकद्वय सुरज र तिलक बताउँछन् । दिलिप बिष्टको छायाँकंन रहेको ‘अति भो’का लेखक तथा सिरियल निर्देशक सन्तोष खनाल रहेका छन् ।

    हेर्नुस् भिडियो 


    आइतवार, आश्विन २५ २०७७१२:२९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij