Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एनआरएनएमा उत्पन्न विवादले कार्यालय जानै छाडे कर्मचारी

एनआरएनएमा उत्पन्न विवादले कार्यालय जानै छाडे कर्मचारी

  • बिहिवार, कार्तिक १६ २०८०

  • 736
    SHARES

  • एनआरएनएमा उत्पन्न विवादले कार्यालय जानै छाडे कर्मचारी

    काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)मा केही दिन यता उत्पन्न दुई पक्षीय विवादका कारण असहज अवस्था सिर्जना भएपछि संघको कार्यालयमा कर्मचारीहरु जानै छाडेका छन्। संघको कार्यलयमै संघका अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा समुहका छुट्टाछुट्टै गतिविधीले काम गर्न असहज भएपछी विगत तीन÷चार दिनयता कर्मचारीहरू कार्यालय नै नगएका हुन्।

    प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार रावतले यसबारेमा केही दिन पहिला अध्यक्ष बद्री केसीलाई काम गर्न असहज भएको जानकारी गराउँदा तत्कालका लागि घरबाटै कार्यसम्पादन गर्न केसीले नै निर्देशन दिएको र कर्मचारीहरुले अहिले घरबाटै काम थालेको बताउनु भयो।

    अध्यक्ष केसीले असन्तुष्ट पक्षले कार्यालयमा होहल्ला गर्नेदेखि अनावश्यक दबाब दिएपछि कर्मचारी मानसिक तनावमा देखिएपछी कर्मचारीमा परेको असहज अवस्थालाई मध्यनजर गर्दै हाललाई घरबाटै कार्यसम्पादन गर्न भनिएको बताउनु भयो।

    यसैबीच शर्मा पक्षले भने कार्यालय खुला गर्न आग्रह गर्दै कार्यकारी निर्देशक राउतलाई बुधवार पत्र पठाएको छ। शर्मा पक्षका महासचिव बुद्धि सुवेदीले कार्यालय नियमित सञ्चालन गर्न आग्रह गर्दै पत्र पठाइएको जानकारी दिनुभयो। राउतलाई पठाइएको पत्रमा कार्यालय के कति कारणले बन्द गरिएको हो भन्नेबारे जानकारीसहित खोल्न भनिएको छ।

    संघको ११ औँ विश्व सम्मेलनमा भएको विवादित निर्वाचनमा केसी विजयी भएपछि अध्यक्षका दुई प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले नतिजा अस्वीकार गर्दै शर्मालाई अध्यक्ष घोषणा गरेर आफू नै आधिकारिक दाबी गरेपछि दुई पक्षीय तनाव बढ्दै गएको छ।

    सोही क्रममा मंगलबार कार्यालयमै केसी समुहले युवा संघको कार्यक्रम राखेको समयमा शर्मा समुहमा पुग्दै गर्दा शर्मा समुहमाथी नै आक्रमण भएको थियो। आक्रमणबाट केही घाइतेसमेत भएका छन्। सो घटनापछि दुवै पक्षले एक अर्कालाई कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका छन्।


    बिहिवार, कार्तिक १६ २०८००७:२९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij