Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

डिशहोमले टी २० विश्वकप छनोटमा खेलाडीलाई २० लाखसम्म पुरस्कार दिने

डिशहोमले टी २० विश्वकप छनोटमा खेलाडीलाई २० लाखसम्म पुरस्कार दिने

  • बुधवार, कार्तिक १५ २०८०

  • 607
    SHARES

  • डिशहोमले टी २० विश्वकप छनोटमा खेलाडीलाई २० लाखसम्म पुरस्कार दिने

    काठमाडौं। टी २० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको क्रिकेट प्रतियोगितामा डिशहोमले खेलाडीहरुका पुरस्कार घोषणा गरेको छ।खेलाडीहरुको हौसला बढाउनका लागि भन्दै डिसहोमले पुरस्कारको घोषणा गरेको जनाएको छ।

    डिसहोमले खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै आइसीसि मेन्स टी २० विश्वकप एसिया क्वालिफाइयरमा सहभागी खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कारको घोषणा गरेको हो।घोषणा गरेको पुरस्कारअन्तर्गत एक खेलमा १०० रन बनाउने र ५ विकेट लिने खेलाडीले २० लाख नगद पुरस्कार पाउने भएका छन्।

    त्यस्तै, १०० रन मात्र बनाएमा १० लाख रुपैयाँ, ५ विकेट लिएमा ५ लाख, ५० रन बनाएमा एक लाख, ३ विकेट लिएमा एक लाख, ३५ रन बनाएमा ५० हजार र ३ क्याच÷स्टम्पिङ गरेमा ५० हजार रुपैयाँ नगद पुरस्कार खेलाडीहरुले प्राप्त गर्ने छन् ।


    बुधवार, कार्तिक १५ २०८००३:४१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij