Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपालसँग आन्तरिक स्रोत नहुँदा वैदेशिक लगानी चाहियो : अर्थमन्त्री महत

नेपालसँग आन्तरिक स्रोत नहुँदा वैदेशिक लगानी चाहियो : अर्थमन्त्री महत

  • बुधवार, कार्तिक १५ २०८०

  • 689
    SHARES

  • नेपालसँग आन्तरिक स्रोत नहुँदा वैदेशिक लगानी चाहियो : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको भन्दै त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुँदा वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभयो ।

    लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो ।

    उक्त अवसरमा अर्थमन्त्री डा. महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवम् संस्थागत व्यवस्था गरेको जानकारी गराउँदै यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका काम थालनी गरेको समेत जानकारी दिनुभयो ।

    उहाँले अन्तर्राष्ट्रिय वित्त बजारबाट पूँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिंदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने बताउनुभयो ।

    बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताउनुभयो ।

     


    बुधवार, कार्तिक १५ २०८००१:५१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij