Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

सोमवार शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

सोमवार शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

  • सोमवार, कार्तिक १३ २०८०

  • 631
    SHARES

  • सोमवार शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

    काठमाडौं। शेयर बजार आज सोमवार सामान्य बढेको छ।

    हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ। आज होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ।

    सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको शेयर झन्डै छ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

    बजार सामान्य बढेको दिन २८ लाख २४ हजार कित्ता शेयर ६९ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन्।


    सोमवार, कार्तिक १३ २०८००५:४६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij