Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पुर्‍याउने दायित्व नेपालकै राजनीतिक दलहरुको हो: डा. राजन भट्टराई

शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पुर्‍याउने दायित्व नेपालकै राजनीतिक दलहरुको हो: डा. राजन भट्टराई

  • सोमवार, कार्तिक १३ २०८०

  • 480
    SHARES

  • शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पुर्‍याउने दायित्व नेपालकै राजनीतिक दलहरुको हो: डा. राजन भट्टराई

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा विदेश विभाग प्रमूख डा. राजन भट्टराईले नेपालको शान्ति प्रक्रिया नेपालका राजनीतिक दल आफैले पहल गरेर आफैले निस्कर्षमा पु¥याउनका लागि यो ठाउँसम्म ल्याएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पु¥याउने दायित्व पनि नेपालकै राजनीतिक दलहरुको रहेको स्पष्ट पार्नुभएको छ । आफ्नो पार्टी एमालेले छिटो भन्दा छिटो यो शान्ती प्रक्रियालाई टुङग्याउ भन्ने नै रहेको नेता भट्टराईको भनाइ छ ।

    नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिजो शीर्षस्थ नेताहरुसँगको भेटवार्ताका क्रममा नेपालको शान्ति प्रक्रिया निस्कर्षमा पु¥याउनका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको थियो सोहि प्रकरणमा नेता भट्टराईले संयुक्त राष्ट्रसङ्घले नेपालको शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पु¥याउन सहयोग गर्ने कुरा अगाडिदेखि नै गर्दै आइरहेको स्मरण गराउँदै अहिले पनि सहयोग गर्न तयार रहनु खुशीको कुरा भएको बताउनुभएको छ ।

    यस्तै नेता भट्टराईले शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै इमानदार नभएको आरोप समेत लगाउनुभयो ।नेपालको शान्तिप्रक्रिया सर्वाेच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय अभ्यास, अनुभव र मानवीय कानुनका आधारमा टुंगो लगाउनु पर्ने उहाँको भनाइ छ । अर्काे प्रसंगमा डा. भट्टराईले बीआरआई कार्यान्वयनमा प्रधानमन्त्री प्रचण्डले दोहोरो भूमिका खेलेको आरोप पनि लगाउनुभएको छ ।


    सोमवार, कार्तिक १३ २०८००८:५८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij