Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राज्य सञ्चालन र जनतालाई सेवा दिने कुरामा नेताहरुको सफलता देखिएन: डा. चन्द्र भण्डारी

राज्य सञ्चालन र जनतालाई सेवा दिने कुरामा नेताहरुको सफलता देखिएन: डा. चन्द्र भण्डारी

  • आइतवार, कार्तिक १२ २०८०

  • 571
    SHARES

  • राज्य सञ्चालन र जनतालाई सेवा दिने कुरामा नेताहरुको सफलता देखिएन: डा. चन्द्र भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पूराना दलसँग नयाँ दलको प्रतिष्पर्धा बढेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले जुन देशमा शिक्षा र स्वास्थ्य सरकारले नचलाएर बाहिरि देशलाई चलाउन दिन्छौं भन्नु नै सरकारको असफलता भएको टिप्पणी गर्नुभएको छ ।

    सिमान्तकृत जनताको मुद्दाहरु नै मूलुकको राष्ट्रिय एजेण्डा हुनुपर्ने बताउँदै नेता भण्डारीले यस्ता कुरामा सोचिएन र पूरा गर्न सकिएन भने नयाँ दलप्रति स्वतः जनताको आकर्षण बढ्ने स्पष्ट पार्नुभयो । राज्य सञ्चालन र जनतालाई सेवा दिने कुरामा अहिलेका नेताहरुको सफलता नदेखिएको पनि नेता भण्डारीको भनाइ छ ।

    अब सरकारलाई परिवर्तन गर्नुभन्दा पनि जनातामाझ कसरी राम्रो काम गरेर देखाउने भन्नेतर्फ सोच्नुपर्ने आवश्यकता रहेकोमा जोडि दिनुभयो । यस्तै नेता भण्डारीले अहिलेका प्रमूख दलका शिर्ष नेताहरु सबैले सरकार चलाइसकेको र देशले निकास पनि नपाएको अवस्थामा सरकार र व्यक्ति परिवर्तन नभइ अब निकास दिनतर्फ लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।

    यस्तै नेता भण्डारीले विदेशी नेताहरु नेपालको भ्रमणमा आउनु र जानु प्राकृतिक भए पनि भ्रमणका क्रममा भएका सम्झौताहरु भने कार्यान्वयनमा ल्याउनु जटिल कुरा भएको बताउनुभएको छ ।


    आइतवार, कार्तिक १२ २०८००८:५१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij