Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गठबन्धन अहिलेको आवश्यकता हो, यहि सरकार अगाडि बढ्छ: अर्थन्त्री महत

गठबन्धन अहिलेको आवश्यकता हो, यहि सरकार अगाडि बढ्छ: अर्थन्त्री महत

  • शनिवार, कार्तिक ११ २०८०

  • 583
    SHARES

  • गठबन्धन अहिलेको आवश्यकता हो, यहि सरकार अगाडि बढ्छ: अर्थन्त्री महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थमन्त्री समेत रहनुभएका महतले कुनै पनि एउटा पार्टीको बहुमत नभएको र ल्याउन पनि कठिन अवस्थामा गठबन्धनको आवश्यकता भएकाले बनेको गठबन्धन अहिलेको पनि आवश्यकता नै भएको स्पष्ट पार्नुभयो । अहिलेको सत्तागठबन्धनमा कुनै समस्या नआएको बताउँदै उहाँले यहि सरकार अगाडि बढ्ने दावी गर्नुभयो ।

    यस्तै अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र चलायमान भइरहेको बताउनुभएको छ । वर्षाैंदेखि थुप्रेका समस्या रातारात निमिट्यान्न नहुने भए पनि अर्थतन्त्रका समस्या समाधानका दिशामा रहेको महतको दाबी छ ।

    विदेशी पर्यटक आगमन, घरजग्गा कारोबार, राजस्व रेमिट्यान्स बढेको र बजेट कार्यान्वयनमा गएको अवस्थाले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको अर्थमन्त्री महतको भनाइ छ ।

    यस्तै कांग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
    पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यक्रम दिउँसो २ देखि ५ बजेसम्म हुने महतले बताउनुभयो । कांग्रेसले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको हो ।


    शनिवार, कार्तिक ११ २०८००९:५८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij