काठमाडौँ – लोक संगीत बहुउदेश्यीय सहकारी संस्थाको साधारणसभाले सर्वसम्वत नयाँ नेतृत्व चयन गरेको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवनमा शनिबार सम्पन्न साधारण सभाले चन्द्र शर्मालाई अध्यक्षमा चयन गरेको छ।
त्यस्तै उपाध्यक्ष बद्रि पंगेनी, सचिवमा रमेश बि.जी. र कोषाध्यक्षमा जनक प्रसाद श्रेष्ठलाई चयन गरेको छ। यस्तै सदस्यहरुमा अञ्जन श्रेष्ठ, धु्रब पोखरेल, भीम कुमार राना, सुवास केसी र मिना बज्राचार्य चयन भएका छन्।
यस्तै सुवास रेग्मीको संयोजकत्वमा लेखा समिति पनि चयन भएको छ जसमा राजन भुजेल र अजय थापा सदस्य छन्। यस्तै ऋण उपसमितिमा अन्जन श्रेष्ठको संयोजकत्वमा सदस्यहरु पुरुषोत्तम थापा र रमेश लम्साल साथै सदस्यता बिस्तार उपसमितिमा दिपक खड्काको संयोजकत्वमा सदस्यहरु सुजन लम्साल र भीमसेन खतिवडा चयन भएका छन्।
कार्यक्रममा टोखा नगरपालिका सहकारी विभागका प्रमुख कमला कार्की प्रमुख अतिथि रहेकी थिइन्। कार्कीले कर्मचारीको व्यक्तिगत खुशी र आत्मसन्तुष्टिलाई पनि सँगसँगै लैजानुपर्ने बताइन्।
सहकारीमा देखिएका विकृतिलाई सुधार गर्दै लैजानु पर्ने जिम्मेवारी रहेको समेत उनले बताइन्। तदर्थ समितिका सदस्य रमेश बिजीले सञ्चालन गरेको उक्त कार्यक्रममा तदर्थ समितिका उपाध्यक्ष बद्रि पंगनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष चन्द्र शर्माले विषेश गरी कलाकारहरुको आर्थिक समृद्धिका लागि कुनै पेशा व्यवसाय गर्नको लागि दुःख नहोस् भन्ने उदेश्यले सहकारीको स्थापना गरिएको बताए।