Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

स्वार्थको गठबन्धन ढाल्ने खेलमा एमाले छैन: विष्णु रिजाल

स्वार्थको गठबन्धन ढाल्ने खेलमा एमाले छैन: विष्णु रिजाल

  • बुधवार, कार्तिक ८ २०८०

  • 469
    SHARES

  • स्वार्थको गठबन्धन ढाल्ने खेलमा एमाले छैन: विष्णु रिजाल

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले अहिलेको स्वार्थको गठबन्धनमा संकट गहिरिँदै गइरहेको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले सत्ताधारी अकमण्र्य हुँदै गइरहेको आरोप लागउँदै यसको विरुद्ध तत्काल अवाञ्छित गठबन्धन बनाउने आफूहरुको कुनै योजना नभएको स्पष्ट पार्नुभयो ।

    अहिलेको सरकार ढाल्ने खेलमा एमाले नरहेको पनि नेता रिजालले दावी गर्नुभएको छ । सत्तातर्फ आफूहरुले कुनै पनि ध्यान नदिएको बताउँदै उहाँले यतिबेला आफ्ना कार्यक्रमहरु लिएर जनतामाझ गएको बताउनुभयो ।

    पार्टीको प्रशिक्षण सञ्चालन गर्ने, आन्तरिक कामहरु सम्पन्न गर्ने र जनताका मुद्दाहरुलाई संसदमा उठाउने, जनसंगठमार्फत सडकमा उठाउने र सरकारका गलत कामहरुविरुद्ध आफूलाई केन्द्रित गर्ने अभियानमा रहेको स्पष्ट पार्नुभयो ।

    एमालेले अवाञ्छित ढंगले सत्ता प्राप्ती गर्ने र सोहि अनुसार अगाडि बढ्ने कुनै पनि सोच नबनाएको बताउनुभयो ।


    बुधवार, कार्तिक ८ २०८००८:२१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij